लामो अवधीसम्म शिक्षण गरी निवृत्त शिक्षक आदिराम महतोलाई बिदाई

610
SwadeshPost

२० फागुन, चितवन । माडीको खैरहनी माध्यमिक विद्यालयमा तीन दशकभन्दा लामो अवधीसम्म शिक्षण गरी निवृत्त हुनुभएका शिक्षक आदिराम महतोलाई बिदाई गरिएको छ । विद्यालयले एक कार्यक्रममार्फत निवृत्त शिक्षक महतोलाई औपचारिक विदाई गरेको हो । २०४३ साल फागुनबाट शिक्षण थाल्नुभएका महतोले सो विद्यालयमा प्राथमिक तहको अंग्रेजी शिक्षकका रुपमा अनवरत ३४ बर्ष सेवा गर्नुभएको हो । शिक्षणका अलावा उहाँले रेडक्रसको शिक्षक नायक र विद्यालय व्यवस्थापन समितिमा शिक्षक स्टाफको प्रतिनिधित्व समेत गर्नुभएको थियो ।

निवृत्त शिक्षक महतोलाई बिहीबार विद्यालयमा शिक्षक कर्मचारी, विद्यार्थी, बाल क्लब, युवा रेडक्रस सर्कल, इको क्लब र स्थानीय जनप्रतिनिधीहरुले अबिरजात्रा र उपहार सहित ससम्मान बिदाई गरेका हुन् ।

SwadeshPost