बाल विवाह, लैंगिक हिंसा तथा जबर्जस्ती करणी र कानुनी उपचारबारे सचेतनामूलक प्रशिक्षण

470
SwadeshPost

२० फागुन, चितवन । माडीको बनकट्टा निवासी सिमान्तकृत बोटे समुदायका महिलाहरुलाई बाल विवाह, लैंगिक हिंसा तथा जबर्जस्ती करणी र यसको कानुनी उपचारबारे सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

माडी नगरपालिकाको आयोजना तथा समुदाय प्रहरी साझेदारी अन्तरगत ईलाका प्रहरी कार्यालय माडीको सहकार्यमा बालविवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत सो प्रशिक्षण दिइएको हो । कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले महिला शिक्षा र बाल विवाहका प्रभावबारे जानकारी गराउनु भएको थियो । त्यस्तै, माडीका प्रहरी प्रमुख झलक शर्मा पौडेलले बाल विवाह, लैंगिक हिंसा तथा जबर्जस्ती करणीको कानुनी तथा व्यवहारिक प्रशिक्षण दिनुभएको हो ।

SwadeshPost