प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन

247
SwadeshPost

चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन हुनुभएको छ । त्यस्तै, नगर सह-संयोजकमा रामु क्षेत्री चुनिनुभएको छ । बुधबार भरतपुरमा शुसिल के.सी.को संयोजकत्वमा ५०१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा हुँदा माडीबाट २४ जना युवाहरु समेटिएका छन् । सो सुचीमा माडीबाट सागर भण्डारी, टिकाराम (टि.आर.) सुवेदी, सुमन न्यौपाने, सुर्य खड्का, विजय गुरुङ, शिवराज तिमिल्सिना, मुन्ना मियाँ, रामु क्षेत्री, विजय ढकाल, अर्जुन बिक्रम पोख्रेल, सुर्य प्रसाद तिमिल्सिना, नबिन रेग्मी, भरतराज रानाभाट, गोविन्द भण्डारी, भाग्यश्री गायक, नेत्र ओझा, टिका सुवेदी, दामोदर भुसाल, रोशन कुमार श्रेष्ठ, कुमार सिंजाली मगर, दिपक भण्डारी, प्रदीप बिष्ट, प्रकाश रिजाल र हरि कार्की समेटिनुभएको हो ।

त्यस्तै, संघको जिल्ला सह-संयोजकमा माडीका दिपक भण्डारीसंगै शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रिन, शिला बस्नेत, युगदर्शन चापागाँई र प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता महेश बस्नेतले युवा संघका जिल्ला कमिटीमा मनोनित भएकाहरुलाई सपथ गराउनुभएको थियो ।

SwadeshPost