माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिताहरुमा माडीका क्रिकेट टोलीहरु पराजित

358
SwadeshPost

२५ फागुन, चितवन । माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न दुबै खेलहरुमा माडीका क्रिकेट टोलीहरु पराजित हुनुपरेको छ ।मंगलबारको पहिलो खेलमा माडी न.पा. ४ क्रिकेट टीमलाई महागढिमाइ वारिवर्सले पराजित गरेको हो । टस जितेर व्याटिङ्गको निम्तो दिएको महागडिमाइले निर्धारित २० ओभरमा २४१ रन बनाउँदै ७ विकेट खर्चेको थियो । २४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको माडी-४ केवल १३ ओभरमै १०४ रन बनाउदै अल आउट भएको थियो । सो खेलमा २३ बलमा ५९ रन हानेर १ विकेट लिएका महागढिमाइका छोटु सिंह ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो ।

त्यस्तै मंगलबारको दोश्रो खेलमा माडीको स्टार स्पोर्टस् क्लबलाई पराजित गर्दै बैरिया क्रिकेट क्लब टाँडी बिजयी भएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बरूवा १५.५ ओभरमा ८३ रन बनाउदै अल आउट भएको थियोे । जवाफी ब्याटिङमा उत्रेको बैरियाले ७.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । उक्त खेलमा उत्कृष्ट वलिङ प्रदर्शन गर्दै ४ ओभरमा १ मिडेन ओभर ७ रन खर्चेर ३ विकेट लिएका राजा भट्टराई ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो ।

SwadeshPost