चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिए

562
SwadeshPost

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिएका छन् ।

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कोर क्षेत्रभित्र, नारायणी नदीको कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा र सौराहा सेक्टर नजिक अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको हो । गैँडाको खाग खुर सुरक्षित रहेको छ । अर्को भाले गैँडासँग जुँधेर सो गैंडा मेरेको निकुञ्जले जनाएको छ । उता, बाघको बच्चाको मृत्यु भने प्राकृतिक कारणबाट भएको जनाइएको छ ।

यसैबिच, कोरोना संक्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मा एकै साथ गैँडा गणना हुनेछ भने बर्दिया र शुक्ला राष्ट्रिय निकुञ्जमा फरक फरक समयमा गणना थालिनेछ । पछिल्लो पटक सन् २०१५ को गैंडा गणना अनुसार नेपालमा कूल ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका छन् ।

SwadeshPost