माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरे

941
SwadeshPost

२५ फागुन, चितवन । माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरेका छन् । कान्तिपुर गाउँ निवासी मत्स्यपालक कृषक गंगालाल गायकले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको पोखरीमा पाल्नुभएका माछामध्ये करीब २ क्विन्टल माछाहरु एकैसाथ मरेका हुन् । माछाहरु मर्दा एकैपटकमा करीब ८० हजार रुपैंया बराबरको क्षती पुगेको पीडित कृषकले जनाउनुभयो ।

सोमबार बिहान पोखरीमा दाना हाल्न जाँदा सबै माछा मरेको अवस्थामा भेटिएको पीडित कृषकले बताउनुभयो । पोखरीमा विभिन्न प्रजातीका ३ हजार ५ सय बढी माछाका भुरा राखिएका थिए । एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा बिष हालिएको आशंकामा ईलाका प्रहरी कार्यालय माडीले मरेको माछा र पोखरीको पानी परीक्षणका लागि पठाएको छ ।

SwadeshPost