माडीमा, पुनर्स्थापित नेकपा एमालेको नगर कार्यालय उद्घाटन

182
SwadeshPost

२९ फागुन, चितवन । माडीमा, पुनर्स्थापित नेकपा एमालेको अगुवा कार्यकर्ताहरुको भेला सहित नगर कार्यालय उद्घाटन गरिएको छ ।नेकपा एमाले माडी नगर अध्यक्ष रेशमलाल आचार्य (तुलसी)को अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि सो पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इञ्चार्ज हरि सापकोटा र विशिष्ट अतिथिका रुपमा पार्टीका चितवन जिल्ला सदस्य एवं भरतपुर महानगर कमिटि अध्यक्ष राम न्यौपाने रहनुभएको थियो ।

भेलाले नेकपा एमालेको साविकको नगर कमिटिमा केहि सदस्यहरु थप गरी नगर सम्मेलन आयोजक समिति गठन गरेको जनाइएको छ ।

SwadeshPost