प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्टहरुको अनुगमन

257
SwadeshPost

२९ फागुन, चितवन । चितवनका नवनियुक्त प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्ट (चौकी)हरुको अनुगमन गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी लामिछानेसंगै जिल्ला प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले माडी क्षेत्रमा रहेको प्रहरी कार्यालयहरुको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँद्वयले ईलाका प्रहरी कार्यालय माडीको निरीक्षण र निर्देशन सम्बोधन गर्दै प्रहरी उच्च नैतिक, व्यवसायिक र पारदर्शी हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै माडीको कल्याणपुर र कृष्णनगरमा निर्माणाधीन प्रहरी चौकीहरुको निर्माण अविलम्ब पुरा गर्न निर्देशन समेत दिनुभयो ।

SwadeshPost