माडी क्रिकेट कपकाे फाइनल खेलमा दियो क्लब माडी र बैरिया क्रिकेट क्लब भिड्ने

333
SwadeshPost

०१ चैत्र, चितवन । माडीको बसन्तपुरमा जारी माडी क्रिकेट कप राष्ट्रियस्तरको फाइनल खेलमा दियो क्लब माडी र बैरिया क्रिकेट क्लब भिड्ने भएका छन् ।प्रतियोगिताको पहिलो सेमीफाइनल खेल दियो क्लब माडी र पोखरीया-११ बिच भएको खेलमा दियो ८४ रनले विजयी भएको हो । टस हारेर ब्याटिङको मौका पाएको दियो क्लबले ९ विकेट गुमाएर २२९ रनको तार्केट दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको पोखरिया १६.५ ओभरमा अल आउट हुदै १४४ रन जोडेको थियो । ३ ओभरमा ५ विकेट लिई १८ रन खर्चेका दियो क्लबका रुपेश सिंह म्यान अफ दि म्याच घोषित हुनुभयो । त्यसैगरी बैरिया क्रिकेट क्लब र देवेन्द्रपर क्रीकेट क्लब बिच भएको दोश्रो खेलमा बैरिया १ विकेटले विजयी भएको छ ।

टस जितेर ब्याटिङ रोजेको देबेन्द्रपुरले १६.४ ओभरमा अल आउट हुदै १३० रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको बैरियाले २० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । ३३ बलमा ३८ रन हानि १ विकेट लिएका रहीम अन्सारी म्यान अफ दि म्याच घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते मंगलबार हुने खेल तालिका रहेको छ ।

SwadeshPost