माडी क्रिकेट कप अन्तरगतकाे मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा रुपन्देही विजयी

459
SwadeshPost

०१ फागुन, चितवन । माडीको बसन्तपुरमा जारी माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट अन्तरगत सञ्चालित मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा वेस्टर्न क्रिकेट क्लब रुपन्देही विजयी भएको छ ।

बसन्तपुर क्रिकेट एकेडेमी र वेस्टर्न क्रिकेट क्लब रुपन्देहीबिच भएको मैत्रीपूर्ण खेलमा वेस्टर्न ७७ रनले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टर्नले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको माडीले १२ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा अल आउट भएको थियो । ३.४ ओभरमा बलिङ गरेर ६ विकेट लिएर वेस्टर्नकी सुस्मिता भुषाल म्यान अफ दि म्याच घोषित हुनुभयो ।

यसैबिच, मंगलबार दियो क्लब माडी र बैरिया क्रिकेट क्लब टाँडी बिच पुरुष तर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल हूने खेल तालिका रहेको छ ।

SwadeshPost