दिवाकर स्मृति प्राविधिक शिक्षालयका प्रशासकीय अधिकृत हरि भुसाल सडक दुर्घटनामा परी घाइते

481
SwadeshPost

०३फागुन, चितवन । दिवाकर स्मृति प्राविधिक शिक्षालयका प्रशासकीय अधिकृत तथा माडीका युवा अगुवा हरि भुसाल सडक दुर्घटनामा परी घाइते हुनुभएको छ ।

मंगलबार बिहान करीब ८ बजेको समयमा माडी ६, कल्याणपुरमा भुसाल सवार मोटरसाइकल दुर्घटनामा परेको हो । कल्याणपुरबाट कीर्तनपुरतर्फ जाँदै गरेको ईंटा बोकेको ट्रकलाई ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको भुसाल सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बुझिएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका भुसालको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनासंग सम्बन्धित ट्रक र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय माडीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ

SwadeshPost