माडी क्रिकेट कप प्रतियोगिता को उपाधी माडीकै दियो युवा क्लबलाइ

501
SwadeshPost

०३ फागुन, चितवन । माडीको बसन्तपुरमा सञ्चालित ‘माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता-२०७७’ को उपाधी माडीकै दियो युवा क्लबले उचालेको छ ।

प्रतियोगिताको फाइनलमा दियोले बैरिया क्रिकेट क्लब, टाँडीलाई ३२ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको दियोले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतीमा २३६ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको बैरिया क्रिकेट क्लब २० ओभरमा २०४ रनमै अल आउट भएको हो ।

फाइन खेलमा ४८ बलमा ९७ रन जोडी १ विकेट लिनुभएका दियो क्लब माडीका दिनेश अधिकारी म्यान अफ द म्याच घोषित हुनुभयो । उपाधी जितेसंगै दियोले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. १ लाख पुरस्कार पाएको छ भने उपविजेतामै सीमित हुनु परेको बैरियाले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार प्राप्त गरेको छ ।

SwadeshPost