माडी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

477
SwadeshPost

०३ फागुन, चितवन । लकडाउन अवधीको शुल्क मिनाहाको माग गर्दै माडी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी भएको छ ।

लकडाउन अवधीको सम्पूणर् शुल्क छुटको माग गर्दै अखिल (क्रान्तिकारी), ने.बि.संघ र अखिल (क्रान्तिकारी बिप्लव) माडी क्याम्पस ईकाई समितिले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरेका हुन् । तीनवटै विद्यार्थी संगठनका क्याम्पस ईकाई अध्यक्षहरु क्रमशः पदम बिलाश पन्त, सुरज लामिछाने र रबिन्द्र अर्यालले संयुक्तरुपमा क्याम्पस प्रशासनलाई मागपत्र बुझाई क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने र सम्पूणर् प्रयोगात्मक अभ्यासहरु सञ्चालन गर्नुपर्ने अन्यथा शुल्क लिन नपाइने लगायतका माग गरेका हुन् । मौखिक रुपमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा माग पुरा नभएकाले तालाबन्दी गर्नुपरेको आन्दोलनरत पक्षको भनाई छ ।

SwadeshPost