माडी १ का वडाध्यक्षले चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस

384
SwadeshPost

०४ फागुन, चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गर्नुभएको छ ।

वडाध्यक्ष पौडेलले गत स्थानिय निर्वाचनमा माडी १ बाट वडाध्यक्ष पदमै चुनावी प्रतिस्पर्धा गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु क्रमशः सीता तिमिल्सिना र लेखबहादुर गुरुङलाई माडी नगर स्तरीय सुकुम्बासी समस्या समाधान आयोगमा वडा नम्बर १को तर्फबाट बस्न सिफारिस गर्नुभएको हो ।

वडाअध्यक्ष पौडेलले आफूले राजनीतिक संस्कार सहितको व्यवहार गर्दै सबै पार्टीका क्षमतावान व्यक्तिहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले वडाबाट नगरस्तरीय आयोगमा सिफारिस गरेको बताउनु भयो । स्थानीय स्तरको विकासमा राजनैतिक पार्टी भन्दा सक्षम व्यक्ति उपयुक्त हुने उहाँको भनाइ छ । पौडेलको काम गर्ने तरिका भिन्न र जनमुखी रहेको उहाँका वडाबासीहरुको बुझाई छ । (मेट्रोपत्रिकाबाट)

SwadeshPost