माडीका कृषकहरुमा चैते धानप्रति आकर्षण बढदाे

163
SwadeshPost

०४ फागुन, चितवन । सिंचाईको सुबिधा सुधारिँदै गएसंगै माडीका कृषकहरुमा समेत चैते धानप्रति आकर्षण बढेको छ ।

गतबर्ष अन्दाजी ८०० बिगाहा क्षेत्रमा चैतेधान रोपाईं भएको माडी क्षेत्रमा यसबर्ष सोको दुइगुणा बढी, करीब १८०० बिगाहा क्षेत्रफल जमीनमा चैतेधान खेती भइरहेको नगर कृषि शाखाको अनुमान छ । माडीभर बर्षे धान लगाउने गरिएपनि चैतेधानको खेतीमा यसअघि यसप्रकारको आकर्षण देखिएको थिएन । तर गत बर्षायाममा धानबालीको उत्पादन राम्रो नभई खाद्यान्न अभाव हुनसक्ने कृषकहरुको चिन्ता र सिंचाई सुबिधाको व्यवस्थापनका कारण कृषकहरु चैतेधानको खेतीमा जुटेको नगर कृषि शाखा प्रमुख किरण उपाध्यायले जनाउनुभयो ।

माडीबाहिर, चितवनका अधिकांश क्षेत्रहरुमा समेत कृषकहरु चैतेधान रोप्न व्यस्त छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिँदैछ । विशेषगरी यो मौसममा हर्दिनाथ-१, पिआर, चैते-५ लगायतका धान लगाउने गरिन्छ ।

SwadeshPost