नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन

349
SwadeshPost

०७ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन भएको छ । अध्यक्षमा रबिलाल पौडेल र सचिवमा राजकुमार प्रजा रहेको सदस्यीय बाँदरझुला विशेष कमिटि गठन भएको हो ।

समितिका सदस्यहरुमा सवाल सिंह थिङ, जित बहादुर बल, बम बहादुर थिङ, बीर चेपाङ, हिमाल चेपाङ, विशाल थिङ, शान्तिमाया गोले, केशर बहादुर बल, नारायण पौडेल, सन्त बहादुर श्रेष्ठ, मदन कुमार मोक्तान, बिनु लोप्चन, प्रकाश मोक्तान, तारा लामा, सागर चेपाङ २३ जना रहेका छन् । नेकपा (माओवादी केन्द्र)का माडी नगर कमिटि सदस्य मोहन स्याङ्तानको अध्यक्षतामा बसेको गाउँ पार्टी भेलाले सो विशेष कमिटि गठन गरेको जनाइएको छ ।

SwadeshPost