माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न ५ वटा कार्यबिधीहरु पारित

371
SwadeshPost

१० चैत, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न ५ वटा कार्यबिधीहरु पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेका कार्यबिधीहरुमा क्रसर तथा हेभी इक्विप्मेन्ट सञ्चालन, स्वयम् सेवक शिक्षक व्यवस्थापन, नगर प्रहरी गठन तथा परिचालन, पशु गर्भाधान सुत्केरी भत्ता र एम्बुलेन्स सञ्चालन सम्बन्धी कार्यबिधीहरु रहेका छन् । त्यसैगरी बैठकले ४ इन्चको बोरिङको मझौला सिंचाई सुबिधा पाउने लाभग्राही कृषक समूहहरुको छनौट तथा माडीको चिरौली चोकदेखि एकता स्तम्भसम्म कालोपत्रे बाटो निर्माणको ठेक्का अनुमोदन समेत गरेको छ ।

त्यस्तै, माडी क्याम्पसमा स्नातक तहको परीक्षा केन्द्र सञ्चालनका निम्ति बजेट व्यवस्थापन, भूमि सम्बन्धी समस्या समाधान आयोगमा सिफारिसको शुल्क निर्धारण र संस्था दर्ता कार्यबिधीको संशोधन लगायतका बिषयमा छलफल गरिएको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost