दरबन्दीको शिक्षक नपाएका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने

627
SwadeshPost

१३ चैत, चितवन । दरबन्दीको शिक्षक नपाएका तथा शिक्षकहरु लामो अवधीको बिदामा रहेका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने भएका छन् ।

माडी नगरपालिकाले कार्यपालिका बैठकमार्फत ‘स्वयम् सेवक शिक्षक व्यवस्थापन कार्यबिधि – २०७७’ पारित गरी क्याम्पसमा अध्ययनरत विद्यार्थी वा अन्य क्षेत्रका जनशक्तिलाई स्वयम् सेवक शिक्षक बन्ने अवसर दिने भएको हो । विशेषतः महिला शिक्षकहरुलाई प्रसुती बिदा दिँदा र न्यून दरबन्दीका कारण शिक्षक कमी भएको अवस्थामा शैक्षिक गुणस्तरमा कमी आउन नदिन तथा युवाहरुमा स्वयम् सेवी भावना एवं सामाजिक जिम्मेवारीको बोध गराउन यो व्यवस्था ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जनाउनुभयो ।

कार्यबिधी अनुसार शिक्षण लाइसेन्स नभएपनि कक्षा दश जोड दुई वा सो भन्दा माथिको अध्ययन गरेका १६ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिहरु स्वयम् सेवी शिक्षकका लागि आवेदन गर्न सक्नेछन् । उनीहरुको लगत रोस्टरका आधारमा नगरपालिकाले आवश्यक विद्यालयहरुमा खटाउने व्यवस्था मिलाउनेछ । उनीहरुलाई प्रारम्भीक बालविकास वा कक्षा ३ सम्म अध्यापन गरेबापत १० हजार, कक्षा ८ सम्म पढाएबापत १२ हजार र माध्यमिक तहको अध्यापन बापत १५ हजार रुपैंया मासिक रुपमा निर्वाह खर्च दिने व्यवस्था रहेको छ । (सांकेतिक तस्वीर)

SwadeshPost