वाइ.सि.एल.को प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवाहरु चयन

384
SwadeshPost

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइ.सि.एल. नेपालको बागमती प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवा अगुवाहरु चयन भएका छन् ।

वाई.सि.एल. नेपालको माडी नगर अध्यक्ष समेत रहनुभएका हरिकृष्ण लामिछाने सो संगठनको वागमती प्रदेश कमिटि सदस्यमा चुनिनुभएको हो । त्यसैगरी ईन्दिरा बि.क. केन्द्रिय महिला बिभागमा र सन्तोष (छबिलाल) चापागाईं केन्द्रिय कृषि एवं उत्पादन बिभागको सदस्यमा चयन हुनुभएको छ ।

वाइ.सि.एल.को प्रदेश कमिटिमा लामिछानेसंगै जिल्ला संयोजक मधु न्यौपाने, नबराज कुँवर, भानु न्यौपाने, सिलोन बराल, प्रकास उप्रेती, कमल कँडेल र लक्ष्मी मगर चुनिनुभएको हो । त्यसैगरी आउँदो जेष्ठ ८ र ९ गते संगठनको प्रदेश भेला चितवनमा हुने तय भएको वाइ.सि.एल.का जिल्ला इञ्चार्ज सन्तोष पनेरुले जानकारी दिनुभयो ।

SwadeshPost