माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर ठक्किँदा पटिहानीमा तीनजनाको मृत्यु

280
SwadeshPost

१४ चैत, चितवन । माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर एकआपसमा ठक्कर खाँदा पटिहानीमा तीनजनाको मृत्यु भएको छ ।

नारायणगढ माडी ठोरी रुटमा चल्ने ना. ५ ख. २१५० नम्बरको बस साँझ करीब ६:२० बजेको समयमा बिपरीत दिशाबाट आउँदै गरेको ना. ४० प. ७०८२ नम्बरको स्कुटरसंग ठोक्किँदा स्कुटर चालक भरतपुर महानगरपालिका ६ गितानगर बस्ने अन्दाजी बर्ष ४५ को मोहन अधिकारी र स्कुटरमा सवार सोही स्थान निवासी बर्ष १७ की बिनिसा अधिकारी र बर्ष १७ कै दिबिसा अधिकारी गम्भीर घाइते भएका थिए ।

घाइते तीनैजनालाई उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ पठाईएकोमा उपचारको क्रममा तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

SwadeshPost