चितवनका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप

420
SwadeshPost

१५ चैत, चितवन । माडीसंगै चितवन र मकवानपुरका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप देखापरेको छ ।

अमेरिकन फौजी किराको लार्भाले मकैको पात, गुभो, जुँगा, घोगा तथा डाँठमा क्षति पु¥याउँछ । फुलहरुबाट निस्कने बित्तिकै सानो लार्भाहरुले पातको बाहिरी सतहमा हरियो भाग कोत्रेर खान्छ, जसले गर्दा पातमा झिल्लीदार झ्याल जस्तो आकृतिहरु देखिन्छन् ।

लार्भाहरु कलिलो अवस्थाको मकैको गुवोभित्र प्वाल पारी पस्दै खान थाल्दछन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स-साना प्वालहरु परेको देख्न सकिन्छ । यस कीराबाट अत्यधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरु छियाछिया भएको देखिन्छ । बिरुवा हुर्कदै जाँदा मकैको जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्दछ । हेर्दा गभारो जस्तो देखिएपनि लार्भाको टाउकोमा अंग्रेजी अक्षरको उल्टो Y जस्तो आकृति रहेको किरा नै अमेरिकी फौजी किरा हो । यसको व्यवस्थापनका लागि इमामेक्टिन बेन्जोएट ०.५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले प्रयोग गर्न वा क्लोरानट्रानिलीप्रोल १८.५ प्रतिशत एस.सी. १ मि.लि. प्रति २.५ लिटर पानीका दरले प्रयोग गर्न कृषि विज्ञहरुको सुझाव छ ।

SwadeshPost