माडीको सेरुवामा बोलेराले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु

बोलेरो र त्यसका चालक प्रहरी नियन्त्रणमा

248
SwadeshPost

१८ चैत्र, चितवन । माडीको सेरुवास्थित गोद्धक चोकमा बोलेरा गाडीले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करीब ०२:१० बजेको समयमा भएको दुर्घटनामा खुट्टा भाँभिएका तथा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक भरतपर महानगरपालिका १७ वनगाई बस्ने बर्ष ३५ का मिनबहादुर महतोको उपचारको क्रममा भरतपुरस्थित सि.एम.सी.मा मृत्यु भएको हो ।

माडीबाट भरतपुरतर्फ जादै गरेको ना. ४ च. ७९५५ नं. को बलेरो र माडी न.पा.- १ सेरुवा गाँऊबाट माडी ठोरी हुलाकी बाटोतर्फ आउँदै गरेको ना. ४६ प. ८६२८ नं.को मोटरसाईकल ठक्कर खाएको थियो । दुर्घटनामा घाइते भएका हुनुभएका उहाँलाई उपचारको लागि भरतपुर लगिएकोमा उपचारकै क्रममा सि.एम.सी. अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो, त्यसका चालक र दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । (तस्वीर: दुर्घटनामा परेको मोटरसाइकल)

SwadeshPost