वाई.सि.एल. नेपालको माडी नगर कमिटि संयोजकमा नेत्र काफ्ले चयन

389

१८ चैत्र, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाई.सि.एल. नेपालको माडी नगर सम्मेलन आयोजक कमिटि संयोजकमा नेत्र काफ्ले चयन हुनुभएको छ ।वाइ.सि.एल. नेपालको माडी नगर भेलाले काफ्लेको संयोजकत्वमा ८१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटि गठन गरेको हो ।

कमिटिको सचिवमा गोबिन्द न्यौपाने र सचिवालय सदस्यहरुमा अशोक पाठक, माधव पौडेल, नबिन घिमीरे, अमृता क्षेत्री, नबिन अधिकारी, रुपेन प्रजा, कृष्ण दाहाल, प्रदीप सापकोटा, आशिष देवकोटा, राज कुमार बि.क., विकास सुनार, सुदीप सुनार, स्मृति गौतम, होम बहादुर डालामगर, सन्दीप लामिछाने, विक्रम चौधरी, बिष्णु लामिछाने, कमल चेपाङ, प्रबिन नेपाली, निरा क्षेत्री, सीताराम प्रजा, हेमजी राई र अर्जुन पाठक चयन हुनुभएको छ ।

युवा भेलामा प्रमुख अतिथिका रुपमा नेकपा (माओवादी केन्द्र)का माडी नगर ईञ्चार्ज दण्डपाणी पौडेल र अतिथिका रुपमा वाई.सि.एल.का चितवन जिल्ला ईञ्चार्ज सन्तोष पनेरु तथा माओवादी केन्द्रका जिल्ला सदस्य ऋषि काफ्ले लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost