गैंडा गणनामा खटिएको टोलीमाथि जंगली हात्तीले आक्रमण

193
SwadeshPost

२०, चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भइरहेको गैंडा गणनामा खटिएको प्राविधिक टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

निकुञ्जको पश्चिमी क्षेत्र अन्तरगत अमलटारी सेक्टरमा गैंडा गणनामा खटिएको टोलीमाथि शुक्रबार दिउँसो ध्रबे हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको वार्डेन बरालले जानकारी दिनुभयो ।

SwadeshPost