गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

448
SwadeshPost

माडीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गरिएको छ ।

माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले मुख्यमन्त्री पौडेललाई एक अनुरोध पत्र बुझाउँदै गोद्धक क्षेत्रको विकासका लागि राष्ट्रियस्तरको बृहत्तर गोद्धक क्षेत्र विकास समिति गठनको अनुरोध गर्नुभयो ।त्यसैगरी, पत्रमा गोद्धकनाथ र बाल्मीमि आश्रमको एकीकृत विस्तृत परियोजना निर्माण, गोद्धक क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास, मरोठ खोला तटबन्धन र पुल निर्माण, देउता खोला लगायतका ठाउँहरुमा झोलुङ्गे पुल निर्माण र बाल्मीकि आश्रमदेखि पाण्डवनगरसम्म पैदल मार्ग निर्माणको अनुरोध समेत गरिएको छ । त्यस्तै, ऐतिहासिक अष्टभूज शिवलिंग मन्दिर, परशुराम कुण्ड, गोद्धकनाथ मन्दिर, भीम मन्दिर, द्रौपति पोखरी आदिको सम्बर्धन तथा उत्खनन् गर्न आग्रह गरिएको छ ।

मुख्यमन्त्री पौडेल नेतृत्वको प्रदेश सरकारको उच्चस्तरीय टोलीले गोद्धक क्षेत्रको अवलोकन भ्रमणको अवसर पारी वडाध्यक्ष पौडेलबाट सो अनुरोध गरिएको हो । त्यस क्रममा मुख्यमन्त्रीको टोलीले गोद्धकको इनार र पाँचपाण्डवका मुर्तीहरुको अवलोकन समेत गरेको थियो ।

SwadeshPost