गाँजा बिक्री गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले पक्राउ

196
SwadeshPost

२६ चैत्र, चितवन । गाँजा बिक्री गर्दै आएको आरोपमा ईलाका प्रहरी कार्यालय माडीले एकजनालाई पक्राउ गरेको छ । कानुनतः अबैध गाँजा बिक्री गर्नको लागि घरमा लुकाइ रहेको अवस्थामा माडी प्रहरीले माडी-५, रमाइलोडाँडाबाट विष्णु कुमार दराईलाई पक्राउ गरेको हो ।

उनीबाट बेच्न तयार पारेर राखेको ५० पोका अर्थात् ११०० ग्राम गाँजा सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो । थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पनि उहाँले बताउनुभयो ।

SwadeshPost