माडीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

247
SwadeshPost

२७ चैत, चितवन । माडीको कल्याणपुरमा गएसाँझ ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ करीब ७ बजे कल्याणपुरबाट कीर्तनपुरतर्फ जाँदै गरेको ना. ५ च. ८२१४ नम्बरको ट्रयाक्टर र कीर्तनपुरबाट कल्याणपुरतर्फ आउँदै गरेको ना. १२ प. १६४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक माडी न.पा. ६, बसन्तपुर निवासी बर्ष २२ का बिशाल महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत बघौंडा अस्पतालमा ल्याईएकोमा तत्कालै थप उपचारका लागि भरतपुर पठाइएको थियो । भरतपुर पुगेको केहि समयमै उहाँको मृत्यु भएको हो । दुर्घटनामा परेका ट्रयाक्टर र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चलान गरेको छ ।

SwadeshPost