माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढ्यो

881
SwadeshPost

चितवन । गतबर्ष सामुदायिक जनश्रमदानको उत्कृष्ट नमुना देखिएको माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढेको छ ।

गतबर्ष भवनको मुख्य संरचना निर्माण सकिएपनि ‘फिनिसिङ’को काम अधुरै रहेको दराई भवन निर्माण पुरा गर्न माडी नगरपालिकाले थप ५ लाख रुपैंया विनियोजन गरेसंगै अधुरो भवन निर्माण अगाडि बढेको हो । भवनको निर्माण कार्य नेपाल दरै उत्थान समाज, माडी नगर समितिले गरिरहेको हो ।

यसैबिच, रमाइलोडाँडा क्षेत्रमा दराई सामुदायिक होमस्टेको निर्माणकार्य समेत अन्तिम चरणमा पुगेको छ । दराई जातिको बाहुल्यता रहेको सो स्थानमा दराई जातिको परिकार, संस्कृति, भेषभूषा र रहनसहनको प्रवद्र्धन समेत हुनेगरी ५ वटा घरमा होमस्टे सञ्चालनमा आउन लागेको हो । आगामी नयाँ बर्ष २०७८ को सुरुवातसंगै होमस्टे सञ्चालनमा आउन लागेको होमस्टे समितिका सचिव राजमान दराईले जनाउनुभयो ।

SwadeshPost