ब्रह्मपुरी भलिबल समुह माडी ५, को अध्यक्षमा गोबिन्द पोख्रेल चयन

566
SwadeshPost

वैशाख ०१, चितवन । ब्रह्मपुरी भलिबल समुह माडी ५, को अध्यक्षमा गोबिन्द पोख्रेल चयन हुनुभएको छ । बुधबार भएको एक कार्यक्रमकाबीच पोख्रेल अध्यक्षमा चुनिनु भएको हो । कार्यसमितिको उपाध्यक्षमा रमेश चापागाईं, सचिवमा प्रतीक्षा लामिछाने, सह- सचिवमा अर्जुन चापागाईं र कोषाध्यक्षमा निर्मल लामिछाने चयन हुनुभएको छ ।सदस्यहरुमा नारायण भट्टराई र पार्वती ढकाल रहनु भएको छ ।

त्यस्तै नव गठित समितिको सल्लाहकारमा हरि शर्मा, इकराज चापागाईं सुलभ बन्धु पोख्रेल लगायतका अगुवाहरू रहनु भएको थियो । कार्यक्रम वडा अध्यक्ष रामबन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SwadeshPost