माडीको कल्याणपुरस्थित कृषि फर्मबाट ठूलो मात्रामा खसीबाख्राहरु चोरी

376
SwadeshPost

चितवन । माडीको कल्याणपुरस्थित एक कृषि फर्मबाट गएसाँझ ठूलो मात्रामा खसीबाख्राहरु चोरी भएको छ ।

माडी-६, कल्याणपुरमा कृषक सरोज शाहले सञ्चालन गर्नुभएको बाख्रापालन फर्मबाट खसी, पाठी र माउ बाख्रा गरी २० देखि ३५ किलो तौलका १८ वटा खसीबाख्राहरु चोरी भएको हो ।

रातको समयमा खोरको ताला फुटाली खसीबाख्राहरु चोरिएकोबारे बिहानपख जानकारी भएको फर्म सञ्चालक शाहले जानकारी दिनुभयो । चोरिएका खसीबाख्रा र चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको माडी प्रहरीको भनाई छ ।

SwadeshPost