माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी नगरपालिकाको भवनको समुद्घाटन गर्नुहुने

218
SwadeshPost

३ बैशाख, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बैशाख ५ गते आइतबार माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका कार्यालय भवनको समुद्घाटन गर्नुहुने भएको छ ।

माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य समेत रहनुभएका प्रचण्डले वाई.सि.एल. नेपालको माडी नगर भेलामा सहभागी हुन आउने क्रममा नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन गर्नुहुने भएको हो । माडी नगरपालिकाको कार्यपालिका बैठकले उहाँबाट कार्यालय भवनको समुद्घाटन गर्ने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

SwadeshPost