प्रचण्डद्वारा चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको शिलान्यास

210
SwadeshPost

बैशाख५, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको निर्माण शिलान्यास गर्नुभएको छ ।

माडी क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका प्रचण्डले योङ्ग कम्युनिष्ट लीग नेपालको माडी नगर सभामा सहभागी हुने क्रममा आइतबार माडी आउँदा सो सडक निर्माणको शिलान्यास गर्नुभएको हो । माडी नगरपालिका–२, चिरौली गाउँमा सम्पन्न संक्षिप्त शिलान्यास कार्यक्रममा प्रदेश साँसद रामलाल महतोसंगै नेकपाका प्रदेश, जिल्ला र स्थानीयस्तरका नेताहरु, माडीका नगरप्रमुख, वडाध्यक्ष र स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

संघीय सरकारको ५० प्रतिशत समपुरक अनुदान अन्तरगत २ करोड ३२ लाख र नगरपालिका तथा स्थानीय उपभोक्ताहरुबाट सोही बराबरको लागत एवं जनश्रमदान सहभागितामा सडक कालोपत्रे सुरु भएको हो । लोहनी सिएमआर जे.भी.ले निर्माण ठेक्का पाएको सो सडक माडी न.पा.–२, चिरौलीबाट सुरु भई सिम्रहनी हुँदै माडी–४ सितलपुरस्थित एकता स्तम्भसम्म करीब ५.५ किलोमिटर लम्बाई र ५ मिटर चौडाईको रहने स्टीमेट रहेको छ ।

SwadeshPost