अयोध्याधामका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा प्रचण्डको जोड

269
SwadeshPost

बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अयोध्याधाम र राम जन्मस्थानका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

माडी नगरपालिका-९, कृष्णनगरस्थित प्रस्तावित अयोध्याक्षेत्रको अवलोकन गर्दै पूर्व प्रधानमन्त्री एवं माडीका सांसद समेत रहनुभएका प्रचण्डले अयोध्याबारे गम्भीर अनुसन्धानको आवश्यकता औंल्याउनुभएको हो । हाल अयोध्याबारे राष्ट्रिय स्तरमै चर्चा रहेको र यसबारे पार्टीमा समेत छलफल गरिएको भन्दै उहाँले यसको प्रामाणिकरणमा लाग्न राज्य र सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

माडीमा रामधामको निर्माण भए यसबाट धार्मिक पर्यटन प्रवर्धन हुने र माडीबासीको आर्थिक विकास समेत हुने भन्दै प्रचण्डले कम्युनिष्टहरु धर्मकर्म गर्दैनन् भन्नु भ्रम मात्रै रहेको समेत बताउनुभयो । रामधामको निर्माणमा आफ्नो पुरै सहयोग र समर्थन रहेको बताउँदै आफूले सरकारको नेतृत्व गर्न पाए पुरातत्वबिदहरुको बैठक राखी अध्ययन, अनुसन्धान र उत्खनन गराउन बजेट विनियोजन गर्ने समेत उहाँको अभिव्यक्ति थियो ।

SwadeshPost