प्रचण्डद्वारा माडी नगरपालिकाको कार्यपालिका भवनको उद्घाटन

320
SwadeshPost

बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्नुभएको छ ।

प्रचण्डले माडी ३, बसन्तपुरस्थित हिलसाइडमा नवनिर्मित तीनतले कार्यालय भवनमा ताम्रापत्र अनावरण गरी भवन उद्घाटन गर्नुर्भएको हो । कार्यपालिका भवन परिसरमा नगरप्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न संक्षिप्त उद्घाटन समारोहमा नगर उपप्रमुख ताराकुमारी काजी महतोले स्वागत तथा नेपाली काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष प्रभु प्रसाद महतो र नेकपा (एमाले)का नगर इञ्चार्ज प्रेमराज तिमिल्सिनाले मन्तव्य राख्नुभएको थियो ।

यसैअघि, अध्यक्ष प्रचण्डले दिवाकर स्मृति प्राविधिक शिक्षालयको नवनिर्मित भवनको समेत औपचारिक उद्घाटन गर्नुभएको थियो । करीब ३ करोड रुपैंयाको लागतमा हालै निर्माण सम्पन्न भएको सो २१ कोठे भवनमा शिक्षालयका नियमित कक्षाहरु सञ्चालन हुने जनाइएको छ ।

SwadeshPost