प्रधानमन्त्री ओलीद्वारा अयोध्यामा राखिने मूर्तिहरु धार्मिक अनुष्ठान सहित हस्तान्तरण

449
SwadeshPost

७ बैशाख, चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले चितवनको माडीको प्रस्तावित अयोध्याधाममा स्थापना हुने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु धार्मिक अनुष्ठान सहित हस्तान्तरण गर्नुभएको छ ।

प्रधानमन्त्री निवासी बालुवाटारमा मंगलध्वनीको पृष्ठभूमिमा पूजापाठ र स्वस्ती बाचन गरी चारवटै मुर्तीहरु माडी पठाईएको हो । बालुवाटारमा रहेका मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्ती वाचन सहित हस्तान्तरण गर्नुभएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको एक धार्मिक र्याली सहित सीता रामका मूर्तिहरुलाई आज देवघाटमा ल्याएर राखिनेछ । भोलि, बैशाख ८ गते अर्थात रामनवमीको दिन माडीको अयोध्याधाममा ल्याई स्थापना एवं अनावरण गर्ने कार्यक्रम छ ।

पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्ने कार्यक्रम रहेको अयोध्याधाम व्यवस्थापन समितिले जनाएको छ । मुर्ती ल्याउने क्रममा देवघाटबाट नारायणगढ भरतपुर गीतानगर जगतपुर हुँदै माडी प्रवेश गराई परशुराम कुण्डको पानीले जलाभिषेक गरी शोभायात्रासहित अयोध्याधाममा लैजाने अयोध्याधाम प्रचार प्रसार उप-समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

SwadeshPost