बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु लिएर ‘श्री सीताराम शोभा रथयात्रा’ अगाडि बढ्यो

रामनवमीको दिन माडीको अयोध्याधाममा ल्याई स्थापना एवं अनावरण हुने

431
SwadeshPost

चितवन । बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु लिएर ‘श्री सीताराम शोभा रथयात्रा’ अगाडि बढेको छ ।

रथयात्रामा श्रृङ्गारिएका चारवटा गाडी (रथ)मा चारवटै मुर्तीहरु राखिएका छन् । शोभा रथयात्रामा करीब ५ सय गाडीहरुमा हजारौंको संख्यामा श्रद्धालुहरुको सहभासगता समेत रहेको छ । यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य कार्यक्रम र पूजापाठबिच स्वस्ती बाचन गरी चारवटै पूर्णकदका मुर्तीहरु माडीस्थित अयोध्याधामका लागि हस्तान्तरण गर्नुभएको थियो ।

मुर्तीहरु सहितको शोभा रथयात्रा आज मंगलबार देवघाटमा ल्याएर राखिनेछ । भोलि, बैशाख ८ गते अर्थात रामनवमीको दिन माडीको अयोध्याधाममा ल्याई स्थापना एवं अनावरण गर्ने कार्यक्रम छ । यता, माडी क्षेत्रमा रथयात्राका सहभागीहरु एवं मुर्तीहरुको भव्य स्वागतको तयारी भएको छ । माडीको बनकट्टादेखि प्रस्तावित अयोध्याधामसम्मै बाटोमा फुलमाला, अबीर र घडा सहित स्वागतको तयारी गर्नुका साथै ठाउँठाउँमा स्वागत गेटहरु बनाइएको छ ।

SwadeshPost