माडीका थारु जनप्रतिनिधीहरुद्वारा सामाजिक सद्भाव कायम राख्न सार्वजनिक आह्वान

396
SwadeshPost

७ बैशाख, चितवन । माडी नगरपालिकामा वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य पदहरुमा निर्वाचित थारु जनप्रतिनिधीहरुले सामाजिक सद्भाव कायम राख्न सार्वजनिक आह्वान गरेका छन् ।

नगर उपप्रमुख ताराकुमारी काजी महतोलाई वडाध्यक्ष रामबन्धु पोखरेलले गर्नुभएको भनिएको अभद्र व्यवहार प्रकरणमा थारु कल्याणकारिणी सभाले जारी गरेको वक्तव्य साम्प्रदायिक सद्भाव भड्काउने मनसाययुक्त रहेको भन्दै थारु जनप्रतिनीधीहरुले त्यसप्रति असहमती प्रकट गरेका हुन् । थारु कल्याणकारिणी सभाको वक्तव्यलाई अपुष्ट, तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित भन्दै त्यसको बिरुद्ध उभिन सबैमा अनुरोध गरेका हुन् ।

वडाध्यक्षहरु पुरन महतो र चन्द्रदीप महतोसंगै कार्यपालिका सदस्य मनी कुमारी महतो र वडा सदस्यहरु नारायण महतो, विश्वनाथ महतो र वेद नारायण महतोद्वारा संयुक्त हस्ताक्षरित सो वक्तव्यमा नगर उपप्रमुख र वडाध्यक्षबिचको सामान्य संवाद र छलफलको बिषय एकतर्फी रुपमा मात्रै बाहिर आएको जिकीर गरिएको छ । वक्तव्यमा, समग्र घटनाक्रमको सत्यतथ्य बिषयलाई विधी र प्रक्रियामार्फत नगरपालिका परिवारभित्र नै हल गर्न पनि माग गरिएको छ ।

SwadeshPost