उपमेयरमाथि अमर्यादित व्यवहार भएको भन्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको बिरोध

310
SwadeshPost

७ बैशाख, चितवन । माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोमाथि वडाध्यक्ष रामबन्धु पोखरेलबाट अमर्यादित व्यवहार भएको भन्दै नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले बिरोध जनाएको छ ।

नगर उपप्रमुख महतोले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा लिई माडी आउन लागेका अर्जुन गौतमलाई ल्याउन सवारी साधन पठाएको बहानामा अभद्र बोल्दै अपमानजनक व्यवहार गरेको भन्दै आरोप लगाउँदै युवा संघको माडी नगर समितिले वक्तव्यमार्फत बिरोध गरेको हो । संघका माडी नगर कमिटि अध्यक्ष मुन्ना मियाँद्वारा जारी सो वक्तव्यमा घटनाको आवश्यक छानबिन गरी दोषिउपर कारवाहीको माग समेत गरिएको छ ।

SwadeshPost