प्रस्तावित अयोध्याधाममा राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु प्रतिस्थापित

491
SwadeshPost

८ बैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनुभएका राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा प्रतिस्थापन गरिएको छ ।

अयोध्याधाममा निर्माण भएको अस्थायी मन्दिरमा मुर्तीहरु प्रतिस्थापन गरिएका हुन् । सुरुमा मन्दिरको अगाडि हनुमानको मुर्ती र त्यसपछि क्रमशः राम, सीता र लक्ष्मणका मुर्तीहरु मन्दिरमा राखिएका हुन् । क्रेनको सहयोगमा स्वयम्सेवक र सुरक्षाकर्मीहरुले सो पूर्णकदका मुर्तीहरु स्थापित गरेका थिए । अहिले राखिएका मुर्तीहरु पछि राममन्दिर बनेपश्चत त्यहाँ राखिने योजना रहेको छ । मुर्ती प्रतिस्थापन कार्यक्रमका सहभागीहरुले भजनकीर्तन गाउँदै जय श्रीराम भन्दै खुसी प्रकट गरेका थिए ।

मुर्ती प्रतिस्थापन कार्यक्रममा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुसंगै संघीय सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, वागमती प्रदेश प्रमुख बिष्णु प्रसाईं, २ नं. प्रदेश प्रमुख राजेश अहिराज, साँसद कृष्णभक्त पोखरेल, पार्वती रावल, किशान श्रेष्ठ र वागमती प्रदेशका सभामुख सानु श्रेष्ठको सहभागिता रहेको थियो ।

अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वागमती प्रदेश मन्त्री दावा लामा, प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलिया, प्रदेश साँसद रीना गुरुङ, जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्ण डल्लाकोटी, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

SwadeshPost