माडीमा एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू

386
SwadeshPost

२७ बैशाख, चितवन । माडी नगरपालिकाले एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू गरेको छ ।

कोरोनाको दोश्रो लहर सुरु भएपश्चात माडी नगरक्षेत्रमा समेत समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको एम्बुलेन्स माडी नगरपालिकाले भाडामा लिएको हो । यसबाहेक शाखा मातहतकै बघौंडा अस्पतालको एम्बुलेन्स समेत परिचालन गरिएको माडीका जनस्वास्थ्य संयोजक शिब सुबेदीले जानकारी दिनुभयो । बघौंडा अस्पतालको सिफारिसमा मात्रै दुबै एम्बुलेन्सले कोरोना संक्रमितहरुलाई निःशुल्क सेवा दिनेछन् ।

कोरोना संक्रमितहरु उपचारको अभावमा ज्यान गुमाउनु पर्ने स्थिति आउन नदिन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको स्वास्थ्य संयोजक सुवेदीको भनाई छ । कोरोना भाईरस समुदाय स्तरमा फैलिएकाले सचेत र सुरक्षित रहन पनि उहाँले सबैमा अनुरोध गर्नुभयो । (एम्बुलेन्स सम्पर्क: बघौंडा-९८६६२५१५१२, कल्याणपुर-९८६५००३९५५)

SwadeshPost