कोरोना संक्रमण बढ्दै गर्दा हजारौंको भीड माडीमा किन पठाएको ? : प्रचण्ड

457
SwadeshPost

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसामु कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा हजारौंको भीड माडीमा किन पठाएको भनी प्रश्न गर्नुभएको छ ।

सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले कोभिडको संक्रमण बढिरहेको समयमा मुर्ती प्रतिस्थापनका लागि हजारौंको भीड माडीमा पठाउनु गलत भएको बताउनुभएको हो । त्यसैगरी उहाँले देशैभर १२ वटा शहरहरुलाई स्मार्ट सिटी बनाउन सुचिकृत हुँदा चितवनको भरतपुरलाई किन कटाएको भनी प्रश्न समेत गर्नुभयो ।

चितवन प्रचण्डको गृह जिल्ला रहेकाले प्रधानमन्त्री ओलीले स्मार्ट सिटीको सुचिबाट कटाउनुभएको प्रचण्डको आरोप थियो ।प्रधानमन्त्रीले विश्वासको मत पाउन राख्नुभएको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले प्रधानमन्त्री ओलीसामु माडी र चितवनसंग सम्बन्धित सो दुइवटा प्रश्न राख्नुभएको हो ।

SwadeshPost