कोभिड उपचारमा केन्द्रीत बघौंडा अस्पतालमा आकस्मिक बाहेकका सेवा स्थगित

763
SwadeshPost

२७ बैशाख, चितवन । कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत हुनुपर्ने भएसंगै माडीको बघौंडा अस्पतालले आकस्मिक बाहेक ओ.पि.डी. सेवा स्थगित गरेको छ ।

माडी क्षेत्रमा दिनानुदिन कोरोना संक्रमितहरु थपिँदै गएसंगै अस्पतालले कोभिड उपचारमै ध्यान केन्द्रीत गरेको हो । यसका लागि माडी क्याम्पसको भवनभित्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिभर क्लिनिक सञ्चालन गरिएको अस्पतालकी निमित्त सुपरिटेन्डेन्ट डा. रञ्जु सिंहले जानकारी दिनुभयो । त्यहाँ कोभिड सम्बन्धी जाँच र ल्याब परीक्षण समेत हुने उहाँले जनाउनुभयो ।

यसैबिच, माडी नगरपालिकाले साविकको कृषि सेवा केन्द्र भवनमा स्थापना गरेको आइसोलेशन उपचार केन्द्रको भौतिक काम अगाडि बढेको छ । हाल रंगरोगन र सरसफाईको काम जारी रहेको र अक्सिजन सहितको बेड जडानको काम चलिरहेको बघौंडा अस्पतालले जनाएको छ ।

SwadeshPost