बँदेलको आक्रमणबाट मृत्यु भएका ढकाल परिवारलाई स्कुले सहपाठीबाट आर्थिक सहयोग

सहपाठीहरुद्वारा नगद रु १ लाख ३३ हजार सहयोग सहित समवेदना व्यक्त

270
SwadeshPost

२७ बैशाख, चितवन । जंगली बँदेलको आक्रमणबाट निधन हुनुभएका माडी ८, तल्लो कान्तिपुर निवासी नवराज ढकालको परिवारलाई उहाँका बालसखा एवं स्कुले सहपाठीहरुले आर्थिक सहयोग गरेका छन् ।

दिवंगत ढकालको परिवारलाई जनजीवन माध्यमिक विद्यालय खरकट्टाको एस.एल.सी. २०५० ग्रुपका सदस्य (सहपाठीहरु)ले नगद रु १ लाख ३३ हजार आर्थिक सहयोग सहित समवेदना व्यक्त गरेका हुन् । सहपाठी समूहकी सदस्य दुर्गादेवी पहारीले बेलायतबाट र हरि पहारीले माडीबाट संयोजन गरी संकलन गर्नुभएको सहयोग रकम, सहपाठीहरु राधा अधिकारी, किरण विश्वकर्मा, ज्ञानु सापकोटा र राजु पोखरेलले दिवंगत ढकालको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

यसअघि, गत बैशाख १७ गते जंगली बदेलको आक्रमणबाट गम्भीर घाइते हुनुभएका ढकालको उपचारको क्रममा निधन भएको थियो ।

SwadeshPost