मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी, परुई तलाउ फुट्यो

498
SwadeshPost

२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी (फ्ल्यास फ्लड) आएको छ ।

बिहान करीब ११:०५ मा बाढी सुरु भएकोमा ११:१० मा पानीको बहाव उच्च बिन्दुमा पुगी १५ मिनेटभित्रै घटेको छ ।अचानक बाढी आउँदा माडी-७, देबेन्द्रपुरस्थित परुई किनारमा रहेको चेपाङ बस्तीको माथिल्लो भागमा बाढी पसेको थियो । अचानक अनपेक्षित बाढीको सामना गर्नुपरेका स्थानीयबासी चेपाङहरुले घरभित्रका सामानहरु, बालबाच्चा र बस्तुभाउ जोगाउन दौडधुप सुरु गरेका थिए । तर एकैछिनमा पानीको सतह घटेर सामान्य भएको छ भने कुनै जनधनको क्षती भएको छैन ।

केहि महिनाअघि परुई खोलाको सिरानमा सुख्खा पहिरो जाँदा बनेको तलाउ फुटेर बाढी आएको स्थानीयबासी छबि चेपाङको अनुमान छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीहरु पुगेका छन् । बिहानपख माडी क्षेत्रमा सामान्य बर्षा भएको थियो । (तस्वीरमा बाढी घटिसकेपछिको परूइ खोला र चेपाङ बस्ती )

SwadeshPost