पहिरोका कारण माडीको परुई खोला सिरानमा बनेको ताल फुट्यो

282
SwadeshPost

२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई बनेको ताल फुट्दा त्यहाँ संकलित पानी बगेर सकिएको छ ।

करीब पाँच महिनाअघि ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिएर बनेको ताल बुधबार बिहान करीब ११ बजे फुटेको हो । ताल फुट्दा परुई खोलामा अचानक ठूलो तर संक्षिप्त अवधीको बाढी आएको थियो । ताल फुटेर अधिकांश पानी बगिसकेपछि हाल सो स्थानमा पानीको गहिराई २ देखि ३ मिटर मात्रै बाँकी रहेको स्थानीयबासीले बताएका छन् ।

यसअघि, पहिरोका कारण पानी थुनिएर तलाउ बनेसंगै त्यसलाई संरक्षण गर्नुपर्ने माग उठेको थियो । जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले तालमा पानीको चाप घटाउने प्रयासमा नाला निर्माण गरी पानी घटाउने प्रयास समेत गरेको थियो । तर, बर्षायाम सुरु नहुँदै सानो बर्षाकै कारण पानीको बहाव बढ्न गई आफै तलाउ फुटेर सकिएको छ ।

SwadeshPost