माडी (स्थानीय) खबर पोष्ट

माडीमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको अवस्था बुझ्दै घरभेट

चितवन । माडीमा मेयर ठाकुर प्रसाद ढकाल नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना संक्रमितहरुको अवस्था बुझ्दै घरभेट गरेको छ ।

उपमेयर ताराकुमारी काजी महतो, बघौंडा अस्पताल अन्तरगतको कोभिड उपचार केन्द्रका प्रमुख डा. आलोक कुमार, नगर स्वास्थ्य संयोजक शिव सुवेदी, बिपद् श्रोत व्यक्ति गोविन्द न्यौपाने लगायतको टोलीले होम आइसोलेशनमा रहेका संक्रमितहरुसंग घरभेट गरिरहेको हो । त्यस क्रममा डा. आलोक कुमारले कोरोना संक्रमित बिरामीको स्वास्थ्य जाँच तथा औषधी वितरण एवं परिवार सदस्यहरुको ज्वरो र अन्य स्वास्थ्य परीक्षण गरिरहनु भएको छ ।

टोलीले कोरोना संक्रमितलाई परेको अप्ठ्यारोलाई सहजिकरण गर्ने, कुनै समस्या देखिएमा एम्बुलेन्समार्फत अस्पताल पठाउने र परिवार तथा छिमेकीहरुलाई ‘काउन्सिलिङ’ गरिरहेको माडीका नगरप्रमुख ढकालले जनाउनुभयो । यो क्रम आउँदा केहि दिनसम्म निरन्तर जारी रहने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार