निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गरिंदै

237
SwadeshPost

२ जेठ, चितवन । माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जिल्लाभर जारी गरिएका निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गर्ने निणर्य गरेको छ ।

प्रशासनले निषेधाज्ञाको समय आउँदो जेठ १३ गते राती १२ बजेसम्म थप गर्नुका साथै सो अवधीमा खाद्यान्न सामग्री पसलहरु साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्ममात्रै तथा बैंक सोही दिनहरुमा बिहान १० देखि १ बजेसम्म मात्रै सञ्चालन गर्न निर्दशन गरेको थियो । यसलाई माडी क्षेत्रमा पूणर्रुपमा लागु गराउन समन्वय समिति सक्रिय रहने निणर्य भएको नगरपालिकाका बिपद् श्रोत व्यक्ति गोबिन्द न्यौपानेले जनाउनुभयो ।

यसबाहेक समितिको बैठकले माडीमा भित्रिने कसरा र बगहीँ नाकाहरुमा थप कडाईको व्यवस्था गर्न नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध सहित पत्राचार गर्ने समेत निणर्य गरेको न्यौपानेले जानकारी दिनुभयो ।

SwadeshPost