दुई सातामा माडीमा सक्रिय कारोना संक्रमितको संख्या शुन्यमा झारिने : मेयर ढकाल

477
SwadeshPost

२ जेठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउदो दुई सातामा माडीमा कारोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झार्ने योजना रहेको बताउनुभएको छ ।

कोरोना संक्रमितहरुसंगको घरभेट पश्चात स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले हाल माडीमा सक्रिय संक्रमितको संख्या बढिरहेपनि आउँदो २ सातासम्म यो संख्या घट्दै शुन्यमा झार्ने नगरपालिकाको योजना रहेको र सोही स्पिरिटमा काम अगाडि बढाइएको बताउनुभएको हो । हाल नगर क्षेत्रमा निशेधाज्ञामा कडाई, अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्र निर्माण, संक्रमितहरुसंग नियमित घरभेट सहित उपचार, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सेवा सुबिधामा थप, हरेक वडामा कन्ट्याक्ट ट्रेसिङ र जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा रहेको पनि उहाँले जनाउनुभयो ।

स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरु सम्मिलित घरभेट टोलीले कोरोना संक्रमितलाई परेको अप्ठ्यारोलाई सहजिकरण गर्ने, कुनै समस्या देखिएमा एम्बुलेन्समार्फत अस्पताल पठाउने र परिवार तथा छिमेकीहरुलाई ‘काउन्सिलिङ’ गरिरहेको टोलीका सदस्य एवं माडी स्वास्थ्य संयोजक शिव सुवेदीको भनाई छ । आउँदो १५ दिनमा माडीमा सक्रिय संक्रमितको संख्या शुन्यमा झार्ने साझा योजना सफल पार्न सम्पूणर् नगरबासीहरु गम्भीर र जिम्मेवार बन्न जरुरी रहेको समेत सुवेदीले बताउनुभयो । (तस्वीर: संक्रमितसंगको घरभेट)

SwadeshPost