कोरोना संक्रमण बढिरहँदा माडीका पशुहरुमा खोरेत रोगको महामारीको संकेत

548
SwadeshPost

२ जेठ, चितवन । मान्छेमा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहँदा माडी नगर क्षेत्रका पशुहरुमा खोरेत महामारीको संकेत देखिएको छ ।

माडी-१ को बिभिन्न स्थान पाँचपाण्डब, द्रौपतीनगर, बनकट्टा र बोटेटोल लगायतका स्थानमा सो रोगको संक्रमण देखा परेको माडी नगरपालिका पशु सेवा शाखा प्रमुख डा. रबिन बस्ताकोटीले बताउनु भयो । खोरेत रोग लागेपछि दुधालु पशुहरूको ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, ज्वरो आउने, मुख तथा गिजामा घाउ आउने, खुट्टा खोच्याउने लगायतका शरीरका बिभिन्न भागहरूमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिज निकाल्ने र बाँझोपनको समस्या देखिने गरेको डा. बस्ताकोटीले जनाउनु भयो ।

यस्तै यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहनुसार लक्षण अनुसारको उपचार गर्नु पर्दछ। गाईभैंसीको ओसारपोसार नियन्त्रण गर्ने, गोठ वरिपरिको वातवरण सफा राख्नु नै यो रोगको मुख्य उपचार भएको बताईएको छ । पशुहरूको ओसारपोसार नगर्न र गोठ वरपरको वातावरण स्वच्छ राख्न माडी नगरपालिका पशुशाखाका का प्रमुख डा. बस्ताकोटीले सबैमा आग्रह गर्नुभएको छ ।

SwadeshPost