मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

जे.वाई.एस.के. नामक संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या सहयाेग

  • A
  • A+
  • A++

०३ जेठ, चितवन । डेनिस स्वयम् सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल) नामको संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या (म्याटरनिटी बेड) पठाएको छ ।

विज्ञापन १

माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि एक/एक वटा डेनिस म्याटरनिटी बेड पठाईएको र आउँदो जुन महिनाको अन्त्यसम्म दुबै बेडहरु माडी आइपुग्ने सो संस्थाले फेसबुक पेजमार्फत जानकारी दिएको छ । प्रसुती बेडहरु उपलब्ध भएसंगै माडीमा सुरक्षित प्रसुती सेवा प्रदान गर्न सहयोग पुग्ने संस्थाकी प्रमुख लोने पिटर्सनले जनाउनुभयो ।

विज्ञापन २

सो डेनिस संस्थाले एकीकृत समावेशी दीगो विकास परियोजना नामको स्थानीय संस्थासंग सहकार्य गर्दै माडी-८, दक्षिण अयोध्यापुरी र इन्द्रबस्ती गाउँमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ भने कोभिड-१९ को संक्रमण नियन्त्रणमा सघाउन मेडिकल सामग्रीहरू प्रदान समेत गरेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया